काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलवार पाँच कम्पनीको मूल्य समायोजन गरेको छ ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २२४.७६ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलवारको अन्तिम कारोबार २३६ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
साना किसान विकास लघुवित्त
साना किसान विकास लघुवित्तको १३.३० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८१४.६५ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलवारको अन्तिम कारोबार ९२३ रुपैंया आधारमा मूल्य समायोजन गरेको छ ।
डिप्रोक्स लघुवित्त
डिप्रोक्स लघुवित्तको ९.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७८५.३९ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलवारको अन्तिम कारोबार ८६० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला डेभलपमेन्ट बैंकको ३.६५१६ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३७२.४० रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलवारको अन्तिम कारोबार ३८६ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
शिवम् सिमेन्ट
शिवम् सिमेन्टको ८.५५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५१२.२१ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलवारको अन्तिम कारोबार ५५६ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
प्रतिक्रिया