सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

विहीबार, १८ पुस २०८१, ०९ : ४३

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी रोमु श्रेष्ठको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन्। बैंकले यसअघि नै सो शेयर संस्थापक शेयरधनीका लागि खरिद आह्वान गरिसकिएको जनाएको छ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ तोकिएको छ। सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनु पर्नेछ।

विहीबार, १८ पुस २०८१, ०९ : ४३

प्रतिक्रिया