काठमाडौं- युनिक नेपाल लघुवित्तले संस्थापक समुह तर्फको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी कन्हैयालाल चौधरीको नाममा रहेको ३ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।
उक्त शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक हजार रुपैयाँ तोकिएको छ भने खरिदका लागि आवेदन दिँदा घटीमा १०० कित्ता शेयर खरिद गर्नु पर्नेछ।
इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई शिलबन्दी निवेदन दिनु पर्नेछ। निवेदन संस्थाको केन्द्रीय कार्यालय कोहलपुर नगरपालिका–११, बाँकेमा बुझाउनु पर्नेछ।
प्रतिक्रिया