आईसीएफसी फाइनान्सले पायो ऋणपत्र जारी गर्ने अनुमति

विहीबार, १८ पुस २०८१, १२ : २७

काठमाडौं - आईसीएफसी फाइनान्सले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले आईसीएफसी फाइनान्सलाई ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८८’ जारी गर्न अनुमति दिएको हो। योसँगै अब कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ३ लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

कम्पनीले कुल इकाइमध्ये १ लाख ८० हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी १ लाख २० हजार इकाइ सर्वसाधारणलाई बिक्री गर्नेछ। ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

कम्पनीको यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।

विहीबार, १८ पुस २०८१, १२ : २७

प्रतिक्रिया