काठमाडौं - साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६३ अंकले बढेर २५८६.२३ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको १ करोड ८६ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा आठ उपसूचक हरियाली भएको छ ।
यस दिन बजारमा सुधार आउँदा न्यादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी सामुदायिक लघुवित्तको ९.९६ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ९.९० प्रतिशत, सिन्धु विकास बैंकको ९.७९ प्रतिशत, सुपरमादी हाइड्रोपावरको ९.६५ प्रतिशतले सेयर मूल्य बढेको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४६ करोड १७ लाख ४२ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको न्यादी हाइडेपावरको २० करोड ७२ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन हिमालयन डिस्टीलरीको ११ करोड ८५ लाख ८७ हजार रुपैंया, कर्पोरेट डेभलपमेन्ट बैंकको ११ करोड ६ लाख ७२ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ९ करोड ९३ लाख १८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया