काठमाडौं - गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा गरिमा विकास बैंक लिमिटेडको कोष प्रवर्द्धनमा रहेको गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’ सार्वजनिक गरिएको छ ।
योजना अन्तर्गत बन्दमुखी योजनाको बीज पुँजीसहित अंकित मूल्य रु.१० दरका १० करोड इकाईहरु यही पुस ७ देखि ११ गतेसम्म सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला गरिएको हो । सो अवधिभर रितपूर्वक आवेदन दिएका ९४ हजार ६८१ जना आवेदकमार्फत १२ करोड १८ लाख ७८ हजार ५१० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको थियो ।
आवेदनबाट निष्कासन गरिएको इकाई भन्दा अधिक इकाईको लागि आवेदन प्राप्त हुन आएकोले विद्यमान “सामूहिक लगानी कोष निर्देशिका, २०६९” मा भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँड गर्न सकिनेछ ।
इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सबै आवेदकलाई “धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४” को अधीनमा रही बिहीबार निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा इकाई बाँडफाँड कार्य भएको छ । बीज पुँजी सहित योजनाको आकार रु.१ अर्ब २५ करोड अर्थात् १२ करोड ५० लाख इकाई कायम गरिएको छ ।
प्रतिक्रिया