शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा आज

शुक्रबार, १९ पुस २०८१, ०९ : ४६

काठमाडौं- शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आज पुस १९ गते, शुक्रबार, सोह्रौँ वार्षिक साधारण सभा गर्दैछ । सो सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल मणिग्राम, रुपन्देहीमा बिहान ११ बजे शुरु हुने जनाइएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

शुक्रबार, १९ पुस २०८१, ०९ : ४६

प्रतिक्रिया