महुली लघुवित्तको एफपिओ बाँडफाँट, १७ लाख ३८ हजार ३०९ जनाको हात रित्तै

शुक्रबार, १९ पुस २०८१, ११ : ०५

काठमाडौं- महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटको भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल कार्यालय नयाँ बानेश्वर काठमाडौँमा आज एफपिओ बाँडफाँट भएको हो ।

एफपिओमा १७ लाख ३८ हजार ३०९ जनाको हात रित्तो भएको छ । एफपीओमा २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

एफपिओमा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ५२.३४ गुणा बढी हो । कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ जारी गरेको थियो । जस अनुसार पाउने ४७ हजार ५४४ ले मात्र १०.१० कित्ता दरले शेयर हात पारेका छन् । सोहि मध्यका ९ जनाले भने ११ कित्ता शेयर पाएका हुन् ।

क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ ।

यसरी हर्न सकिन्छ नतिजा : 
बिक्री प्रबन्धकको बेवसाइट: https://lscapital.com.np/
सिडिएसले आइपीओ नतिजा हेर्ने तयार पारेको बेवसाइट: https://iporesult.cdsc.com.np/
सिडिएसको बेवसाइट: https://meroshare.cdsc.com.np/#/login

शुक्रबार, १९ पुस २०८१, ११ : ०५

प्रतिक्रिया