राधी विद्युत कम्पनीको वार्षिक साधारण सभा स्थगित

शुक्रबार, १९ पुस २०८१, १२ : ०२

काठमाडौं - राधी विद्युत कम्पनी लिमिटेडले पुस १८ गते आव्हान गरेको वार्षिक साधारण सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । 

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सूचना जारी गर्दै गणपूरक संख्या नपुगेकाले सभा स्थगित गरिएको जानकारी दिएको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण लगायतका प्रस्तावहरू पारितका लागि ललितपुरस्थित दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा सभा बोलाएको थियो।

यो सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ४ गते बुक क्लोज गरिसकेको छ। अब कम्पनीको सञ्चालक समितिको बैठक बसी पुनः सभा आह्वान गर्नेछ। 

 

 

 

शुक्रबार, १९ पुस २०८१, १२ : ०२

प्रतिक्रिया