कस्तो छ पुस २१ गतेबाट आइपीओ लागेको गार्डियन माइक्रो लाइफको वित्तीय अवस्था ?

शुक्रबार, १९ पुस २०८१, १३ : ४३

काठमाडौं - गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले पुस २१ गतेदेखि प्राथमिक सेयर ९आइपिओ० निष्कासन गर्ने भएको छ।

कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो ।

कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर म्युचुअल फण्डहरूलाई छुट्याएको छ।

कम्पनीले १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ ।

उक्त आइपिओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आइपिओमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आइपिओमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि माघ ६ गतेसम्म लम्बिनेछ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस कम्पनीले ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको पहिलो त्रैमासको तुलनामा ३६३० प्रतिशतले बढी हो । कम्पनीले  गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो । प्रतिसेयर आम्दानी ४।०४ रुपैयाँ पुगेको छ ।

यस्तै, पहिलो त्रैमाससम्म कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १ करोड २८ लाख रुपैयाँ रहेको छ ।  आइपिओको तयारीमा रहेको यस कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ४९ लाख ६९ हजार रुपैयाँ रहेको छ । 

कम्पनीले चालू आवको पहिलो चार महिनामा ११ करोड ९० लाख रुपैयाँको बीमा प्रिमियम आर्जन गरेको छ। असोज मसान्तसम्म कम्पनीले ५ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

शुक्रबार, १९ पुस २०८१, १३ : ४३

प्रतिक्रिया