सिबिफिनको अध्यक्षमा पुनः उपेन्द्र पौड्याल निर्वाचित

शुक्रबार, १९ पुस २०८१, १८ : ०९

काठमाडौं - बैंक तथा वित्तिय परिसंघ नेपाल (सिविफिन) को अध्यक्षमा उपेन्द्र पौड्याल निर्बिरोध निर्वाचित भएका छन् । 

परिसंघको आज बसेको साधारण सभामा उनी दोस्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष चयन भएका हुन् । यस्तै, उपाध्यक्षमा कुश प्रसाद मल्ली चयन भएका छन् । महासचिवमा हिमालयन बैंकका प्रचण्ड बहादुर श्रेष्ठ एक्लैको दाबेदारी परेको छ ।

निर्वाचनमा सचिव पद बाहेकमा सहमति जुटेको हो । सिविफिनको वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका राजेश उपाध्याय पनि सर्वसम्मत भएका छन् । सचिव पदका लागि महेन्द्र कुमार गोयल र थानेश्वर पौडेलको उम्मेदवारी परेको छ । कोषाध्यक्ष पदका लागि भने एनआईसी एशिया बैंकका तुलसीराम अग्रवाल र सह–कोषाध्यक्षका लागि गोर्खा फाइनान्सका गौरव बुढाथोकी चयन भएका छन् ।

सदस्यहरुमा राजाराम खड्का, डा. बाल गोपाल वैद्य, लिला प्रकाश सिटौला, मनोजकुमार गोयल, चन्द्र बहादुर अधिकारी, राधेश पन्त, रमण नेपाल, सुदिप आचार्य, चिन्तामणी भट्टराई र लक्ष्मी प्रसाद महर्जन चयन भएका छन् । यस्तै नयाँ कार्यसमितिको घोषणा बैंक तथा वित्तीय संस्था परिसंघको निर्वाचन समितिले गरेको हो।

शुक्रबार, १९ पुस २०८१, १८ : ०९

प्रतिक्रिया