काठमाडौं - यस साता नेप्से परिसूचक १.६९ प्रतिशत अर्थात् ४४.४८ अंक घटेर २५८६.२३ विन्दुमा पुगेको छ। यस हप्ता सेयर चार दिन खुलेका थियो । गत साता २६३०.७१ विन्दुमा भएको बजार यो साता १.६९ प्रतिशत अर्थात् ४४.४८ अंक घटेर २५८६.२३ विन्दुमा पुगेको छ।
साताको पहिलो दिन आइतबार नेप्से २१.१२ अंकले घट्यो , मंगलबार ३३.०८ अकंले घट्यो , बुधबार ५ अंकले बढ्यो र बिहीबार ४.६३ अंकले बढ्यो । यस साता चार कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से बढेको हो भने दुई कारोबार दिन नेप्से घटेका थियो ।
आइतबार ५ अर्ब ४७ करोडको कारोबार भएकोमा मंगलबार ५ अर्ब ६७ करोडको कारोबार भयो । बुधबार ३ अर्ब ५९ करोडको कारोबार भएकोमा बिहीबार ४ अर्ब ६० करोडको भयो ।
यो साता बजारका सबै सेक्टर घटेका छन् । जसमध्ये फाइनान्स सबैभन्दा धेरै ५.५ प्रतिशत घट्यो । यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। साताभरमा म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.०५ प्रतिशत घटेको छ भने वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ५.५३ प्रतिशत घटेको छ। यस साता हाथवे इन्भेष्टेमन्ट र सिटिजन्स बैंक इन्टरनेशनलको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। दुई कम्पनीको कुल ८२ लाख ५४ हजार ३८९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ।
साथै, यस साता आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक २६.४२ प्रतिशत बढेको छ। भने सुपर मादी हाइड्रोपावरको शेयर मूल्य करिब साढे १७ प्रतिशत बढेको छ ।
साताको पहिलो कारोबार दिन नेप्से २१.१२ अंकले घटेर २६०९.५८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार २३९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से० ३३.०८ अकंले घटेर २५७६.५० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको १ करोड ३१ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँको कारोबार भएको थियो ।
साताको चौथो कारोबार दिन नेप्से ५.१० अंकले बढेर २५८१.६० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०५ कम्पनीको ९४ लाख ३४ हजार ९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन नेप्से ४.६३ अंकले बढेर २५८६.२३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको १ करोड ८६ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँको कारोबार भएको थियो ।
प्रतिक्रिया