नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा आज बस्दै

आइतबार, २१ पुस २०८१, ०९ : ३३

काठमाडौं-  नेपाल एसबिआई बैंक लिमिटेडले ३१औं वार्षिक साधारणसभा आज पुस २१ गते बस्दैछ। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

सभामा बैंकले हाल कायम चुक्ता पूँजीको आधारमा ३.८० प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश गर्नेछ।

त्यस्तै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

त्यसैगरी अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ७ गते एक दिन बुक क्लोज गरिसकेकोछ। यसको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

आइतबार, २१ पुस २०८१, ०९ : ३३

प्रतिक्रिया