राधी विद्युतको साधारणसभा पुनः आव्हान

आइतबार, २१ पुस २०८१, ०९ : ३६

काठमाडौं-  पुस १८ गते बोलाएको साधारणसभा स्थगित भएपछि राधी विद्युत कम्पनी लिमिटेडले पुनः पुस २८ गते साधारणसभा बोलाएको छ। कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले सभा पुनः बोलाउने निर्णय गरेको थियो।

सभा हिमशिखर पार्टी भेन्यू, चापागाउँ, ललितपुरमा बिहान ८ बजेदेखि शुरू हुनेछ। सभामा कम्पनीले यसअघि नै समावेश गरेका प्रस्तावहरू पारितका लागि पेश गरिनेछ। जसमध्ये ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश समेत रहेको छ।

त्यसैगरी बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ६९.८९ प्रतिशत हकप्रद शेयर जारी गर्ने लगायतका प्रस्ताव पनि रहेका छन्। सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते बुक क्लोज गरिसकेकाले पुस ३ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

आइतबार, २१ पुस २०८१, ०९ : ३६

प्रतिक्रिया