पुस २४ गते बस्दैछ तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा

आइतबार, २१ पुस २०८१, १२ : ५१

काठमाडौं - तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न बुधवार पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभा, नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ । साधारण सभामा करसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि उक्त सभामा पेस हुनेछ । 

सभा प्रयोजनका लागि यस कम्पनीले पुस ६ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, बुक क्लोजभन्दा अघिसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

आइतबार, २१ पुस २०८१, १२ : ५१

प्रतिक्रिया