यस दिन नेप्सेमा कारोबार भएको ३२७ कम्पनीको ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड २ लाख १ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा आठ उपसूचक हरियाली भएको छ ।
यस दिन बजारमा सुधार आउँदा उपकार लघुवित्त, दोर्दी खोला जलविद्युत, ग्रीन भेन्चर्सको सेयरमा सकारात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी जानकी फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १९ करोड नौ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको रिभर फल्स पावरको १७ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन रशुवागढी हाइड्रोपावरको १२ करोड ९० लाख ८५ हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड ७९ लाख १० हजार रुपैयाँ, नेपाल फाइनान्सको ११ करोड ४९ लाख ६२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया