काठमाडौं- नेपाल इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २१ हजार १३३ कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर हाललाई कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने छन् । उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १८० रुपैयाँ तोकिएको छ। खरिदकर्ताले आवेदन दिँदा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनु पर्नेछ। आवेदन आज पुस २२ गतेदेखि पुस २९ गते दिउँसो २ बजेभित्र पेश गरिसक्नु पर्नेछ।
खरिदकर्ताले प्रतिस्पर्धात्मक रूपमा रकम उल्लेख गरी बिक्री पबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आवेदन बुझाउनु पर्नेछ।
साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया