प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

सोमबार, २२ पुस २०८१, ०९ : ४६

काठमाडौं- प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आजको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नु पर्नेछ।

बैंकले हाल बिक्रीमा राखिएको शेयरको संख्या, सोको मूल्य र बिक्री गर्ने संस्थापकहरूको नाम भने खुलाएको छैन। यद्यपि यी जानकारीका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न भनिएको छ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।

सोमबार, २२ पुस २०८१, ०९ : ४६

प्रतिक्रिया