काठमाडौं - हिमालयन टाइम्स मिडिया इन्टरनेशनल एण्ड टेक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ ।कम्पनीको दोस्रो साधारण सभा यही पुस २९ गते काठमाडौंको महाराजगंजमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा जुममार्फत दिनको २ बजेदेखि बोलाएको छ ।
सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, आईपीओका लागि सेयर रजिष्ट्रार र सेयर अन्डरराइटर नियुक्त गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रतिक्रिया