काठमाडौं - गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि जारी गरेको आइपिओमा पौष २४ गतेसम्म आवेदन दिन पाइनेछ।
कम्पनीले आइपिओ आइतबार ९पुस २१ गते० देखि खुल्ला गरेको थियो । जसमा कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । त्यस्तै, कर्मचारीका लागि ६७ हजार ५०० कित्ता, र सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता छुट्याइएको छ।
न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ। आवेदन प्रक्रिया सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरमार्फत गर्न सकिनेछ। यस आइपीओको बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ।
प्रतिक्रिया