पुस २८ गते चिलिमे जलविद्युत कम्पनीको साधारण सभा

सोमबार, २२ पुस २०८१, १२ : ५७

काठमाडौं - चिलिमे जलविद्युत कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।

कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते बिहान ११ बजे नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौंमा २८औं वार्षिक साधारण सभा बोलाएको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गरिसकेको छ । जस अनुसार पुस १५ गतेसम्म कायम सेयर धनीहरूले मात्र कम्पनीको लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

 

सोमबार, २२ पुस २०८१, १२ : ५७

प्रतिक्रिया