मुक्तिनाथ म्युचुअल फण्ड १ नेप्सेमा सूचीकृत

सोमबार, २२ पुस २०८१, १५ : ०६

काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडको कोष प्रवर्द्धक र मुक्तिनाथ क्यापिटल लिमिटेडको योजना व्यवस्थापकत्वमा सञ्चालन हुने सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड १ आज नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ। ।फण्डको १० अंकित दरको १२ करोड ५० लाख इकाई (१५ प्रतिशत बिज पूँजी सहित) आज सूचीकरण भएको हो ।

यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष रहेको छ । एक कार्यक्रमका बिच नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तर्फबाट सञ्चालक–प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सूचीकरण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


 

सोमबार, २२ पुस २०८१, १५ : ०६

प्रतिक्रिया