काठमाडौं - साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१२ अंकले बढेर २६४०.६८ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा सबै उपसूचक हरियाली भएको छ ।
यस दिन बजारमा दोहोरो अंकले वृद्धि हुँदा आत्मनिर्भर लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, सुपरमादी हाइड्रोपावरको ९.७० प्रतिशत, सहास उर्जाको ८.७१ प्रतिशत, मायाखोला हाइड्रोपावरको ८.५९ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ८.२५ प्रतिशतले सेयर मूल्य बढेको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २९ करोड ९ लाख ९२ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सहास उर्जा लिमिटेडको १३ करोड ६५ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको १३ करोड ५८ लाख ३५ हजार रुपैंया, दोल्ती पावर कम्पनीको १२ करोड २ लाख २५ हजार रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको १० करोड ५३ लाख ८६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया