काठमाडौं - साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.१६ अंकले बढेर २६४६.८४ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३०५ कम्पनीको १ करोड २० लाख ८१ हजार ६०६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा आठ उपसूचक हरियाली भएको छ ।
यस दिन बजारमा वृद्धि हुँदा सप्तकोशी डेभलपमेन्ट बैंक, न्यादी हाइड्रोपावर, प्रभुमहालक्ष्मी लाइफको सेयरमा सकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी सिन्धु विकास बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १६ करोड ९२ लाख ९६ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड ५९ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन सहास उर्जा लिमिटेडको १४ करोड ४९ लाख ८० हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको ९ करोड ८२ लाख ९४ हजार रुपैयाँ, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ९ करोड ७९ लाख ६८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया