सिटिजन्स म्युचुअल फन्डको १ अर्ब बराबरको नयाँ योजना आउने

बुधबार, २४ पुस २०८१, १२ : ५३

काठमाडौं- सिटिजन्स म्युचुअल फन्डको १ अर्ब रुपैयाँबराबरको नयाँ योजना आउने भएको छ।

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सिटिजन्स सन्तुलित योजना’ ल्याउन लागिएको छ। यो म्युचुअल फन्ड ल्याउन योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ।

धितोपत्र बोर्डले अनुमति दिएमा सिटिजन्स क्यापिटलले यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्रीमा ल्याउनेछ।

यो बन्दमुखी योजना हो। यस योजनाको कोष प्रवर्द्धकमा सिटिजन्स बैंक रहेको छ।

 

बुधबार, २४ पुस २०८१, १२ : ५३

प्रतिक्रिया