हिमालयन इन्फ्रास्ट्रक्चरको १०.५२ प्रतिशत लाभांश घोषणा

विहीबार, २५ पुस २०८१, १२ : ०३

काठमाडौं - हिमालयन इन्फ्रास्ट्रकचर फण्ड लिमिटेडले माघ १८ गतेका लागि साधारण सभा बोलाएको छ । 

प्राइभेट इक्विटी फण्डको रुपमा रहेको यो कम्पनीले सभामा लाभांश सहितका विविध प्रस्ताव पेस हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८०\८१ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ५.५२६३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

साथै, कम्पनीको सभामा वार्षिक प्रतिवेदन, वित्तीय प्रतिवेदन, लेखापरीक्षण परीक्षण प्रतिवेदन पारित गर्ने प्रस्ताव पेस हुने भएको छ । विशेष प्रस्तावमा प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र थप संशोधनको लागि निर्देशन भइआएमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेस गरिने भएको छ ।

कम्पनीको सञ्चालकमा पृथ्वी बहादुर पाण्डे, महेश्वर प्रकाश श्रेष्ठ र शिवनाथ बहादुर पाण्डे रहेका छन् ।कम्पनीको इक्रा नेपाल, छाया सेन्टर, युनाइटेड मोदी हाइड्रो, लगायत कम्पनीमा लगानी रहेको छ ।

 

 

विहीबार, २५ पुस २०८१, १२ : ०३

प्रतिक्रिया