पिपुल्स पावरले डाक्यो आठौँ वार्षिक साधारण सभा

विहीबार, २५ पुस २०८१, १२ : ०७

काठमाडौं - पिपुल्स पावरले आफ्नो आठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आउँदो माघ २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको टोकास्थित जाल्पाचोकमा रहेको पारिजात पार्टी प्यालेसमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन पनि अनुमोदन गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ ६ गतेभन्दा अघिसम्म कायम सेयर धनीहरू मात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।

विहीबार, २५ पुस २०८१, १२ : ०७

प्रतिक्रिया