सेवाग्राहीले ऋण चुक्ता नगरेपछि घरजग्गा लिलामी गर्दै नेपाल बैंक

विहीबार, २५ पुस २०८१, १३ : ४७

काठमाडौं – नेपाल बैंकले बैंकको धितो सुरक्षणमा रहेको घरजग्गा लिलामीको ३५ दिने सूचना निकालेको छ । बैंकबाट ऋण लिएका ऋणीहरुले समयमा कर्जा चुक्ता नगरेपछि बैंकले  बिहिबार (पुस २४ गते ) सूचना निकालेको हो ।

बैंकले कर्जाहरूको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि ताकेता गर्दा समेत हालसम्म पनि कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा जे जस्तो अवस्थामा छ सोही अवस्थामा शिलबन्दी बोलपत्रमार्फत लिलाम गर्न लागेको हो ।

तोकिएको समय अर्थात् माघ २९ गतेभित्र कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्ति बैंकले लिलाम गरी बिक्री गर्नेछ । बैंकको विभिन्न शाखाबाट कर्जा लिएका ऋणीहरुले साँवा, ब्याज आदि नतिरेपछि बैंकले अन्तिम मौका दिँदै सम्बन्धित शाखामा सम्पर्क राखी ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।

साथै, तोकिएको समयभित्र कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्ति बैंकले लिलाम गरी बिक्री बैंकले जनाएको छ ।

npa-auction-notice-2081-09-24_1736311964_page-0001

विहीबार, २५ पुस २०८१, १३ : ४७

प्रतिक्रिया