३५ दिनभित्र कर्जा चुक्ता गर्न लक्ष्मी सनराइज र कुमारी बैंकको ताकेता

विहीबार, २५ पुस २०८१, १४ : ०८

काठमाडौं- लक्ष्मि सनराईज बैंक र कुमारी बैंक लिमिटेडले कर्जा चुक्ता नगर्ने ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । 

दुवै बैंकका विभिन्न साखाबाट कर्जा सुविधा उपभोग गरी बैंकलाई तिर्नुपर्ने साँवा ब्याजसमेत नतिरेपछि बैंकले लिखित तथा मौखिक रुपमा तारकेता गर्दा समेत कर्जा चुक्ता नगरेपछि ३५ दिने म्यादसहित कर्जा चुक्ता गर्न आउन आग्रह गरेको छ ।

ऋणी तथा सो को धितो जमानतकर्ताले ऋण लिंदा गरिदिएको लिखत र ऋण स्वीकृतीपत्रको शर्तमा तोकिए बमोजिम बैंकलाई तिर्नु बुझाउनु पर्ने साँवा, किस्ता तथा ब्याज समेतका रकमहरु तिर्न बुझाउन पटक पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत नतिरी नवुझाई बैंकसँग भएको ऋण कर्जा सम्बन्धी शर्त कबुलियतहरु उल्लङ्घन गरेकोले कर्जा चुक्ता भुक्तान गर्न आउने बारेको ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

उक्त समयावधिभित्र पनि कर्जा चुक्ता नगरेमा  ऋणी तथा जमानतकर्ताको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समेत राखिने बैंकले जनाएको छ ।

ऋण कर्जा चुक्ता भुक्तानी गर्ने गराउने बारे लक्ष्मि सनराईज बैंकको ३५ दिने सार्वजनिक सूचना :

DeWatermark.ai_1736410986315

ऋण कर्जा चुक्ता भुक्तानी गर्ने गराउने बारे कुमारी बैंकको ३५ दिने सार्वजनिक सूचना :

DeWatermark.ai_1736411705157

विहीबार, २५ पुस २०८१, १४ : ०८

प्रतिक्रिया