नेप्सेमा १८.१४ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

विहीबार, २५ पुस २०८१, १५ : ३०

काठमाडौं - साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.१४ अंकले घटेर २६३५.०९ को विन्दुमा कायम भएको छ ।

यस दिन  नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउदा हुँदा १२ उपसूचक राताम्मै भएको छ ।

यस दिन बजारमा गिरावट आउँदा बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी सुपरमादी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४४ करोड ८८ लाख ६ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिनर्जी पावर डेभलपमेन्टको २८ करोड ३२ लाख १४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यसदिन सिन्धु विकास बैंकको २५ करोड २४ लाख ६ हजार रुपैंया, हिमालयन पावर पार्टनरको १९ करोड ८८ लाख ९५ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १७ करोड ५५ लाख ३१ हजार रुपैयाँको कारोबार भएको हो ।

विहीबार, २५ पुस २०८१, १५ : ३०

प्रतिक्रिया