सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

शुक्रबार, २६ पुस २०८१, ०९ : ३०

काठमाडौं- सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ। बैंकका ३ जना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि बैंक सञ्चालक समक्ष निवेदन पेश गरेअनुसार बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो।

बैंकका संस्थापक शेयरधनी अन्जु चापागाई ढकालको स्वामित्वको १० हजार ६५९ कित्ता, ललित उपाध्याय बास्कोटाको स्वामित्वको १० हजार ९८२ कित्ता र चन्द्रकान्त भट्टराईको स्वामित्वको १ हजार २१९ कित्ता शेयर बैंकले बिक्रीमा ल्याएको हो ।

यो शेयर खरिद गर्न इच्छुक संस्थापकले माघ ३० गते कार्यालय सयमभित्र बैंकको कर्पोरेट कार्यालय, विराटनगर, मोरङमा निवेदन दिनु पर्नेछ। साथै उक्त म्यादभित्र संस्थापकबाट शेयर खरिद नभएमा बाँकी वा सम्पूर्ण शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकको भनाई छ ।

शुक्रबार, २६ पुस २०८१, ०९ : ३०

प्रतिक्रिया