ग्लोबल आइएमई लघुवित्त ८ हजार  कित्ता सेयर बिक्रीमा

शुक्रबार, २६ पुस २०८१, ११ : ५६

काठमाडौं- ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

लघुवित्तले सेयरधनी दिलिप घलेको नाममा रहेको ८ हजार ७ सय ११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो्।

यो सेयर इच्छुक जो कोही व्यक्ति वा संगठित संघसंस्थाले खरिद गर्न सक्ने लघुवित्तले जनाएको छ।

 सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६ विजयपुर, कास्कीमा माघ ११ गतेभित्र आफूले किन्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ।

शुक्रबार, २६ पुस २०८१, ११ : ५६

प्रतिक्रिया