बोर्डले दियो नेपाल माइक्रो इन्स्योरेन्सलाई आईपीओ निष्कासन अनुमति

शुक्रबार, २६ पुस २०८१, १३ : ११

काठमाडौं - नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले साधारण सेयरको सार्वजनिक निष्कासन (आइपीओ) अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले पुस २५ गते नेपाल माइक्रो इन्स्योरेन्सलाई आइपीओ अनुमति दिएको हो। आइपीओ अनुमति पाउने नेपाल माइक्रो इन्स्योरेन्स दोस्रो लघु बीमक हो। 

धितोपत्र बोर्डको अनुमतिसँगै अब नेपाल माइक्रो इन्स्योरेन्स सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण शेयर जारी गर्नेछ।

आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुग्नेछ। जुन लघु बीमकले कायम गर्नुपर्ने न्यूनतम चुक्ता पुँजी हो। कम्पनीमा संस्थापक सेयर धनीहरूको ५२ करोड रुपैयाँ ५० लाख रुपैयाँ लगानी रहेको छ।

 
शुक्रबार, २६ पुस २०८१, १३ : ११

प्रतिक्रिया