नेपाल टेलिकमको पुस २८ गते बस्दै छ साधारण सभा

शुक्रबार, २६ पुस २०८१, १३ : ५४

काठमाडौं - नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । 

कम्पनीको प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सत्रौँ वार्षिक साधारण सभा बस्ने भएको छ । सो सभा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले गएको वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गरेको छ । यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश पाउन सक्नेछन् । 

साधारण सभाले लाभांशका साथै सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने,लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।

 

 
शुक्रबार, २६ पुस २०८१, १३ : ५४

प्रतिक्रिया