काठमाडौं - नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
ओखलढुंगाको लिखुपालिकाभर कार्यक्षेत्र हरको यस संस्थाले पुस २६ गते काठमाडौंको स्रोह्रखुट्टेमा चौँधौ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको हो । सहकारीमा आबद्ध बहुसङ्ख्यक सेयरधनीहरु काठमाडौंमै उपलब्ध रहेकाले उनीहरूको सहजतालाई मध्यनजर गर्दै सम्पूर्ण सेयर सदस्यहरूको माग बमोजिम नै काठमाडौंमा संस्थाले साधारण सभा आयोजना गरेको जनाएको छ ।
उक्त साधारण सभाले पूर्णबहादुर खड्काको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति निर्वाचित गरेको छ । त्यस्तै लेखा समितिमा केशव कुमार कार्कीको संयोजकत्वमा ३ सदस्यीय समिति चयन गरेको छ । नेफस्कुनका पूर्व केन्द्रीय कोषाध्यक्ष नानीबाबु बुढाथोकीको प्रमुख आतिथ्यता र मेघेन्द्र विश्वकर्मालगायतको आतिथ्यता रहेको साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन कोषाध्यक्ष रामकुमार बस्नेतले पेस गरेका थिए ।
उक्त वार्षिक साधारण सभामा प्रमुख अतिथि रहेका बुढाथोकीले वर्तमान अवस्थामा जनतामा सहकारीप्रतिको दृष्टिकोण नकारात्मक ढंगले विकास भइरहेको घटनाहरू बारे सचेत गराउँदै सहकारीको मूल मर्मप्रति प्रतिबद्ध भई काम गर्न मार्ग निर्देश गरेका थिए । कुल चुक्ता पुँजी ३९ लाख ९४ हजार तीन सय बयानब्बे रुपैया रहेको संस्थाले करिब ३४ लाख ऋण प्रवाह गरेको छ । संस्थाले आर्थिक वर्ष २०८०\०८१को आर्थिक प्रतिवेदन सर्व सहमतले पास गरेको छ ।
संस्थाले सहकारी सेयरधनीहरुलाई लक्षित गरी सहकारी तालिम, स्वरोजगार कार्यक्रम, नागरिक स्वास्थ्य शिविर लगाएतका कार्यक्रमहरु समेत संचालन गर्दै आएको जनाएको संस्थाका सचिव आनन्द खड्काले बताए ।
प्रतिक्रिया