काठमाडौं - यस साता नेप्से परिसूचक १.८९ प्रतिशत अर्थात् ४८.८६ अंकले बढेर २६३५.०९ विन्दुमा पुगेको छ। यस हप्ता सेयर पाँच दिन खुलेका थियो । गत साता २५८६.२३ विन्दुमा भएको बजार यो साता १।८९ प्रतिशत अर्थात् ४८.८६ अंकले बढेर २६३५.०९ विन्दुमा पुगेको छ।
साताको पहिलो दिन आइतबार नेप्से ५.३२ अंकले बढ्यो, सोमबार ४९.१२ अंकले बढ्यो, मंगलबार ६.१६ अंकले बढ्यो, बुधबार ६.५३ अंकले बढ्यो र १८.१४ अंकले घट्यो । यस साता पाँच कारोबार दिनमध्ये चार कारोबार दिन नेप्से बढेको हो भने एक कारोबार दिन नेप्से घटेका थियो ।
आइतबार ४ अर्ब ८६ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब ३० करोडको भयो । मंगलबार ५ अर्ब ३८ करोड तथा बुधबार ६ अर्ब ४० करोड र बिहीबार ७ अर्ब ३० करोडको भयो । यस साता समग्रमा ३० अर्ब २४ करोड रूपैयाँको कारोबार भएको छ भने हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै ५.५७ प्रतिशत बढेको छ ।
साताको पहिलो कारोबार दिन नेप्से ५.३२ अंकले बढेर २५९१.५६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२७ कम्पनीको ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड २ लाख १ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से ४९.१२ अंकले बढेर २६४०.६८ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से ६.१६ अंकले बढेर २६४६.८४ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०५ कम्पनीको १ करोड २० लाख ८१ हजार ६०६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको चौथो कारोबार दिन नेप्से ६.५३ अंकले बढेर २६५३.३८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०५ कम्पनीको १ करोड ५५ लाख २ हजार ७५१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन नेप्से १८.१४ अंकले घटेर २६३५.०९ को विन्दुमा कायम भएको थियो । यस दिन नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँको कारोबार भएको थियो ।
प्रतिक्रिया