इमर्जिङ नेपालको शेयरको लकइन अवधि फागुन ३ गतेबाट सकिँदै

आइतबार, २८ पुस २०८१, ०९ : ०९

काठमाडौं- इमर्जिङ नेपालको ५० लाख बढी कित्ता शेयरको लकइन अवधि सकिने लागेको छ।

कम्पनीका अनुसार आउँदो फागुन ३ गतेबाट कम्पनीको ५० लाख ११ हजार ५१२ कित्ता शेयरको लकइन अवधि सकिने भएको हो। जसमा ५० लाख ४०० कित्ता संस्थापक शेयर र ११ हजार ११२ कित्ता कर्मचारीको रहेको छ।

कम्पनीले आइपीओ जारी गरेर २०७८ फागुन ४ गते बाँडफाँट गरेको थियो। बाँडफाँटको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

कम्पनीको शेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल रहेको छ।

आइतबार, २८ पुस २०८१, ०९ : ०९

प्रतिक्रिया