अवितरित हकप्रद सेयर बिक्री गर्दै लिवर्टी ईनर्जी

आइतबार, २८ पुस २०८१, ०९ : ३५

काठमाडौं- लिवर्टी ईनर्जी कम्पनीले अवितरित हकप्रद शेयर बिक्रीमा राख्ने भएको छ। कम्पनीले इच्छुक जो कोही व्यक्ति वा संगठित संघसंस्थाले किन्न पाउने गरी शेयर बिक्रीमा राख्न लागेको हो।

कम्पनीले कात्तिक २० गतेसम्म कायम शेयरधनीका लागि मंसिर १६ देखि पुस ७ गतेसम्म ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ७५ लाख कित्ता हकप्रद खरिद आह्वान गरेकोमा ८ लाख २६ हजार ५७४ कित्ता शेयर बाँकी बसेको थियो।

अब कम्पनीले सोही बाँकी बसेको शेयर लिलामी प्रक्रियाद्वारा बिक्री गर्न लागेको हो, यसमा माघ २ गतेदेखि ९ गतेसम्म आवेदन दिन सकिनेछ। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने शेयर खरिद गर्दा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता खरिदको मागसहित आवेदन दिन सकिनेछ।

आवेदन बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै प्रभु बैंकका शाखा विराटनगर, वीरगंज, जाउलाखेल, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा पेश गर्न सकिनेछ। आवेदन फाराम पनि सोही स्थानमा पाइँनेछ।

आइतबार, २८ पुस २०८१, ०९ : ३५

प्रतिक्रिया