पेप्सी उत्पादक कम्पनीको ब्रम्हलुट

बरुण बेभरेजको कर छली : यी हुन् नक्कली बिजक कारोबार गर्न खडा गरिएका २९ फर्म

आइतबार, २८ पुस २०८१, १० : ५३

काठमाडौं- पेप्सी उत्पादक कम्पनी बरुण बेभरेज(नेपाल) प्रालिले कर छली गर्न २९ वटा फर्म खडा गरेको पाइएको छ । कम्पनीले ती २९ फर्मबाट नक्कली बिजक जारी गरी राज्यलाई कराडौं रकम बराबरको मूल्य अभिवृद्धि कर(भ्याट) छली गरेको पाइएको हो ।

यो पनि पढ्नुस् 

पेप्सी उत्पादक कम्पनी बरुण बेभरेजको ठगी धन्दाः नक्कली फर्म खडा गरी राजस्व छली

राजस्व अनुसन्धान विभागले उच्च अदालतमा पाटनमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा हरेक आर्थिक वर्षमा ती २९ फर्मबाट नक्कली बिजक बनाएर कारोबार देखाइएको थियो ।
उच्च अदालत पाटनले बरुण बेभरेजलाई २७ करोड १३ लाख ४१ हजार एक सय एक रुपैयाँ राजस्व चुहावट गरेको ठहर गरेको थियो ।

यो पनि पढ्नुस्  

पेप्सी उत्पादक कम्पनी बरुण बेभरेजद्वारा आयकर, भ्याट र लाभांश छली, २७ करोड १३ लाख राजस्व चुहावट

बरुण बेभरेजले आर्थिक वर्ष २०७४/०७५मा १० वटा फर्मबाट नक्कली बिजक बनाएर राजस्व छली गरेको थियो ।  

हेर्नुहोस् नक्कली बिल बिजक बनाउन खडा गरिएका १० फर्म

barun 1

यस्तै आर्थिक वर्ष २०७५/०७६मा फेरि बरुण बेभरेजले अन्य १२ फर्म खडा गरी नक्कली बिल बिजक कार्यमा संलग्न भएको थियो ।

हेर्नुहोस् १२ फर्म

barun 2

यसबाहेक कम्पनीले अन्य सात फर्मबाट पनि नक्कली बिल बिजक बनाएर कर छली गरेको देखिएको छ । 

हेर्नुहोस् नक्कली बिजक कारोबार गर्ने ७ फर्म 

barun 3

कम्पनीका सञ्चालकहरुले राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृत समक्ष नक्कली बिल बिजक बनाएर कर छली गरेको स्वीकार गरेका थिए । पाटन उच्च अदालतका न्यायाधीशद्वय धीरबहादुर चन्द र जनक पाण्डेको संयुक्त इजलाशले राजस्व छली गरेको ठहर गरेको थियो । 

आइतबार, २८ पुस २०८१, १० : ५३

प्रतिक्रिया