काठमाडौं - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४१ अंकले घटेर २६०९.६७ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३०१ कम्पनीको ८० लाख २१ हजार ६३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा न्यादी हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २० करोड ४१ लाख ५३ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिन्धु विकास बैंकको १८ करोड ८० लाख २७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन सिंगटी हाइड्रो इनर्जीको १६ करोड ४९ लाख ५७ हजार रुपैंया, हिमालयन पावर पार्टनरको १३ करोड ३४ लाख ४९ हजार रुपैयाँ, नेपाल लाइफ इनस्योरेन्सको ७ करोड ५२ लाख ५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया