काठमाडौं - गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको २३ औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
ललितपुरमा सम्पन्न सो सभामा संचालक समितिको तर्फबाट अध्यक्ष युवराज भण्डारीले पेस गरेको आ.ब. २०८०\८१ को वार्षिक प्रतिवेदन पारित भएको छ । हाल संस्थाको कूल निक्षेप रु. ८ अर्ब ३५ करोड र कर्जा रु.५ अर्ब ८४ करोड रहेको छ ।
राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले देशभर २३ वटा शाखा कार्यालयहरू र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया