गार्डियन माइक्रो लाइफको आइपीओ यसै साताभित्र बाँडफाँड हुने, यस्तो छ तयारी

आइतबार, २८ पुस २०८१, १७ : ५४

काठमाडौं - गार्डियन माइक्रो लाइफ इस्योरेन्सको आइपीओ यसै साताभित्र बाँडफाँड गर्ने प्रारम्भिक तयारी गरिएको छ । 

बिक्री प्रबन्धक कुमारी क्यापिटलले अझै केही काम बाँकी रहेकोले यो साताभित्र आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको बताएको छ । कम्पनीको आइपीओमा २ अर्ब ५१ करोड ९० लाख ३६ हजार रुपैंया बराबरको आवेदन परेको छ । 

सो आईपीओमा १९ लाख ६ हजार ७४८ जना आवेदकहरूले २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन दिएका हुन् । जुन आवेदन मागभन्दा १३।६५ गुणा बढी हो । यस कारण आइपीओ पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ ।

सो आईपीओमा १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् भने बाँकी १७ लाख २२ हजार बढीको हात खाली हुनेछ । इन्स्योरेन्सले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

 
आइतबार, २८ पुस २०८१, १७ : ५४

प्रतिक्रिया