मञ्जुश्री फाइनान्सको सत्रौँ वार्षिक साधारण सभा सम्पन्न

आइतबार, २८ पुस २०८१, १८ : ०६

काठमाडौं - मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा आज थापागाँउ व्याङकेट, थापागाँउ, नयाँ बानेश्वरमा सम्पन्न भएको छ । 

साधारण सभाबाट आ.व. २०८०\०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित भएको छ । साधारण सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका सेयर धनीहरूको तर्फबाट ३ (तीन) जना श्री यादव अधिकारी, श्री रामहरी शर्मा तथा श्री सुमन प्रसाद अधिकारी  र सर्वसाधारण समूहका सेयर धनीहरूको तर्फबाट १ (एक) श्री सतिश गौतम , गरी ४ (चार) जना सञ्चालकहरू आगामी ४ वर्षका लागि निर्विरोध  निर्वाचित भएका थिए । 

वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालयलाई का.जि. का.म.न.पा. वडा नं. १० बाट ठाउँ सारी गरी का.जि. का.म.न.पा. वडा नं. ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रबन्ध पत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित भयो । मञ्जुश्री फाइनान्स लिमिटेडले गत मङ्सिर मसान्त सम्म २१ अर्ब निक्षेप संकलन  तथा १७.५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ । 

यस फाइनान्सले २७ वटा शाखा तथा एक विस्तारित काउन्टर  मार्फत देशभरका प्रमुख सहरहरूमा, १ लाख २० हजार भन्दा बढी ग्राहकलाई सेवा पुर्‍याउदै आएको छ ।
 

 
आइतबार, २८ पुस २०८१, १८ : ०६

प्रतिक्रिया