प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

सोमबार, २९ पुस २०८१, ११ : २८

काठमाडौं- प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३७ अंकले बढेर २६१०.०५ विन्दुमा पुगेर बन्द भएको हो।

यो समयमा ४२ स्क्रिप्सको १ हजार २१३ कित्ता सेयर ११ लाख ४९ हजार  २१३ रुपैयाँमा खरिदबिक्री भए। प्रि ओपन सेसनमा १२ स्टक्सको मूल्य बढ्यो भने २७ वटाको घट्यो। बाँकी २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

सोमबार, २९ पुस २०८१, ११ : २८

प्रतिक्रिया