मल्टीपर्पस फाइनान्स लिमिटेडको साधारण सभा सम्पन्न

सोमबार, २९ पुस २०८१, १३ : २८

काठमाडौं -  मल्टीपर्पस फाइनान्स लिमिटेडका अध्यक्ष श्री चन्दन अग्रवालको अध्यक्षतामा वित्तीय संस्थाको २७ औँ वार्षिक साधारण सभा वित्तीय संस्थाको केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा सम्पन्न भएको छ । 

उक्त साधारण सभामा अध्यक्ष चन्दन अग्रवालद्वारा प्रस्तुत वित्तीय संस्थाको २७ औँ वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वार्षिक वित्तीय विवरण आ.व. २०८०\८१ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरू र लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक सम्बन्धी प्रस्तावहरू सर्वसम्मतिबाट पारित गरिएको छ ।

साथै, वित्तीय संस्थाले निकट भविष्यमा आफ्नै भवनबाट कारोबार संचालन गर्नको लागि बिधापती चौंकबाट करिब १०० मिटर उत्तर नेपाल राष्ट्र बैंक, जनकपुर कार्यालय सँगै टासिएको डेढ कट्टा जग्गा खरिद गरी घर निर्माणको प्रक्रिया अगाडी बढाएको, सूचना प्रविधिलाई समय सापेक्ष बनाउने र बैंकिंङ्ग कारोबार लाई सहज गर्न अत्याधुनिक सफ्टवेयर जडान गरी कारोबार संचालन गरिरहेको र वित्तीय संस्थाको कारोबार बिस्तारको लागी थप २ वटा शाखा सर्लाही जिल्लाको कौंडेना गाउँपालिका र गौंडैता नगरपालिकामा गत महिनाबाट संचालनमा ल्याइसकेको छ । 

उक्त सताईसौं वार्षिक साधारण सभामा वित्तीय संस्थाको संचालक सदस्यहरु श्री गेहनाथ ढुंगाना, श्री जयप्रकाश ठाकुर, श्री अशोक साह, श्रीमती गृष्मा श्रेष्ठ र श्री महेश कुमार सिंह तथा प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिब श्री रजनीश कुमार सिंह लगायत शेयरधनी महानुभावहरू, कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
 

 
सोमबार, २९ पुस २०८१, १३ : २८

प्रतिक्रिया