काठमाडौं - गोर्खाज फाइनान्सको ३० औँ वार्षिक साधारण सभा स्थगित भएको छ ।
फाइनान्सको ३० औँ साधारण सभामा कोरम नपुगेपछि सभा स्थगित भएको हो । आज धेरै कम्पनीहरूको साधारण सभा भएकाले ५१ प्रतिशत सेयरधनी उपस्थित हुन नसकेको फाइनान्सले जनाएको छ ।
आगामी सभाका लागि सेयरधनीको २५ प्रतिशत मात्र उपस्थित भए पनि सभा हुने कानुनी व्यवस्था रहेको छ ।
प्रतिक्रिया