नेप्सेमा १५.५४ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

सोमबार, २९ पुस २०८१, १५ : १३

काठमाडौं - साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अंकले घटेर २५९४.१३ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।

यस दिन बजारमा गिरावट आउँदा आत्म निर्भर लघुवित्त र सिन्धु विकास बैंकको सेयरमा नकरात्मक सर्किट लाएको छ ।

सेयर बजारमा गिरावट कायमै, कारोबार रकम बढ्दा दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४५ करोड २५ लाख ५१ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको न्यादी हाइड्रोको २८ करोड २७ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै, यस दिन हिमालयन पावर पार्टनरको १५ करोड ६० लाख ३९ हजार रुपैंया, सिन्धु विकास बैंकको १३ करोड ३३ लाख १० हजार रुपैयाँ, सानिमा मिडिल तमोर हाइड्रोपावरको १२ करोड ९९ लाख ८२ हजार रुपैयाँको कारोबार भएको हो ।

सोमबार, २९ पुस २०८१, १५ : १३

प्रतिक्रिया