आईपीओ जारी गर्दै राष्ट्रिय कृषि कम्पनी

सोमबार, २९ पुस २०८१, १६ : ४७

काठमाडौं - राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले शेयर निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।

आइतबारको ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष विशाल हुमागाईँ र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

 

 

 
सोमबार, २९ पुस २०८१, १६ : ४७

प्रतिक्रिया