शिवम् सिमेन्ट्सको नवौं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

सोमबार, २९ पुस २०८१, १७ : ३७

काठमाडौं - शिवम् सिमेन्ट्स लिमिटेडले नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा आयोजित सभाले आर्थिक वर्ष २०८०।०८१ का लागि संचालक समितिले प्रस्ताव गरेका विभिन्न सामान्य तथा विशेष प्रस्तावहरू पारित गरेको हो। सभामा कम्पनीका अध्यक्ष गौरव गोयलले अध्यक्षता गरेका थिए। सभाले आव २०७९।०८० का लागि कम्पनीको प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका आर्थिक विवरणहरू पारित गरेको छ। 

त्यस्तै, आगामी आ.व. २०८१।०८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित भएको छ। सभाले कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाखको ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय पुग्नेछ । सभाले बोनस सेयर वितरण गरेपछि पुँजी वृद्धि हुने प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई आवश्यक कार्य गर्न अधिकार प्रदान गरेको छ।

शिवम् सिमेन्ट्स लिमिटेडले वार्षिक साधारण सभामार्फत सेयरधनीलाई वितरण गरिने लाभांशसहित कम्पनीको वार्षिक प्रगति र भावी योजनाहरू प्रस्तुत गर्दै कम्पनीको दिगो विकास र वित्तीय स्थितिमा निरन्तर सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

 
 
सोमबार, २९ पुस २०८१, १७ : ३७

प्रतिक्रिया