काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्थाले ले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ ।
कम्पनीको सोमबार बसेको साधारण सभाले आर्थिक वर्ष २०८०\८१ को नाफाबाट ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही ७ प्रतिशत नगद लाभांश आज माघ १ गतेदेखि आफ्ना सेयरधनीलाई खातामा पठाउन सुरु गरेको छ ।
कम्पनीले पुस १५ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिन सुरु गरेको हो । कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई अपडेट गर्न पनि आग्रह गरेको छ ।
प्रतिक्रिया